राष्ट्रपति पौडेलद्धारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

काठमाडौँ । उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ ।

१५ वैशाखमा इलाम २ मा प्रतिनिधि सभाका लागि र बझाइ १ ‘क’ मा प्रदेश सभाको उपनिर्वाचन हुँदैछ ।