जग्गाको कित्ताकाट तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही ५ गते नेपाल सरकार मन्त्रीपरिषद्ले जग्गाको कित्ताकाट खुला गर्न गरेको निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीको नेतृत्वमा गएको महासंघको टोलीले प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहालसँग भेट गरी विभिन्न छ बुँदे मागसहितको सुझाव कार्यान्वयन पत्र बुझ्दै उनले यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्री दाहालले विगतमा भएको व्यवस्थाअनुसार नै जग्गा कित्ताकाट गर्ने गरी व्यवस्था गर्न सरकारले गरेको निर्णय तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिएको महासंघका सचिव रामसुन्दर बकेँले जानकारी दिए। उनले मुख्य सचिवमार्फत भूमि सुधार मन्त्रालयका सचिवलाई सरकारको निर्णय कार्यान्वयन गर्न गराउन निर्देशन दिए।