कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैद सजायको फैसला  

काठमाडौँ । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताब आलमलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गर्दैै जन्मकैदको सजाय सुनाएको हो ।

रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो ।