आजदेखि सांसद ढाकाकुमारको स्थान रिक्त हुँदै

 काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको आजदेखि स्थान रिक्त हुने भएको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले सदनमा जानकारी गराउने भएका छन् । आजको प्रतिनिधिसभाको कार्यसूचीको पहिलो बुँदामा सभामुखले दलबाट निष्काशन गरेको सूचनाको जानकारी गराउने विषय रहेको छ । 

सभामुखले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ ९१० बमोजिम दलबाट निष्काशन गरेको सूचनाको जानकारी सोही ऐनको दफा ३६ को प्रयोजनका लागि दफा ३५ १ बमोजिम सभाको बैठकलाई जानकारी गराउने कार्यसूची रहेको छ ।