चितवन-२ उपनिर्वाचन : रवि लामिछानेको जित पक्का !


चितवन - चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ । यहाँको जारी मतगणनामा हालसम्म ६० हजार ६७३ मतगणना भएको छ । 

 राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार रवि लामिछानेले ४३ हजार १०१ मत प्राप्त गर्दै जित नजिक पुगेका छन् ।

अब १७ हजार ६०४ मतगणना बाँकी रहँदा लामिछानेको फराकिलो बन्दै गएको छ ।