पञ्चा सिंह जोडिएको कालीकोटका रजबहादुर हत्याका आरोपी रावत पक्राउ  

काठमाडौँ । प्रहरीले (माओवादी) केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह जोडिएको कालीकोटका रजबहादुर मल्लका हत्या आरोपीमध्येका एकजनालाई पक्राउ गरेको छ ।

रजबहादुर हत्याका मुख्य आरोपी कालीकोटका पदमबहादुर रावत पक्राउ परेका हुन् । उनलाई भारतीय प्रहरीको सहयोगमा सुर्खेत प्रहरीले भारतबाट नै पक्राउ गरेको हो ।

पक्राउ परेका रावतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्खेतका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । रजबहादुर हत्या प्रकरणमा उनीसहित पञ्चा सिंहमाथि समेत जिल्ला अदालत सुर्खेतले पक्राउ पुर्जी जारी गरेको थियो । सिंहसहित पक्राउ पुर्जी जारी गरिएका अन्य कोही पक्राउ परेका छैनन् ।