मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

मकवानपुर - मकवानपुरको मनहरी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

गएराति मनहरी गाउँपालिका स्थित वडा नम्बर ३ कालिदमार भएको दुर्घटनामा तीन जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मनहरी-३ हाँडिखोलाका २४ वर्षीय राजकुमार प्रजा, ३० वर्षीय बिरमान रुम्बा र मनहरी-४ सालघारीका २० वर्षीय प्रविण प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।