चितवन-२ मा रबि लामिछानेकाे अग्रता कायम !

काठमाडाैं - चितवन क्षेत्र नम्बर २ को मतगणना जारी छ।

पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ३२ हजार ९ सय ५३ मत प्राप्त गरेका छन्। चितवनमा जम्मा ७८ हजार २ सय ७७ मत खसेको थियो। जसमध्ये अहिलेसम्म ४७ हजार ९ सय ८५ मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ।

लामिछानेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ६ हजार ८ सय ४० मत प्राप्त गरेका छन्।