अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौँ । अछामको मेल्लेख गाउँपालिका ७ नन्देगडाको सुयडीमा ट्याक्टर दुर्घटना हुँदा ५ जनको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर  आज बिहान साढे ९ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन सिंह साउदले जानकारी दिए। 

घाइतेलाई थप उपचारका लागि बयलपाटा अस्पताल पठाइएको छ।