वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले लिए शपथ

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका सांसद दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीको शपथ लिएका छन् ।

धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री बनाउँदै प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दै कार्कीलाई सोमबार नै राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

कार्कीले सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएर कार्यभार पनि सम्हालेका छन्।