"पदम लिम्बू शहीद घोषणा हुन्छन्, परिवारले क्षतिपूर्ति पाउँछन्" : प्रधानमन्त्री दाहाल

 

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदम लिम्बू ‘लाजेहाङ’ लाई शहीद घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।

शनिवार  बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेको प्रदेश नं। १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिको टोलीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन् । ‘उहाँ पदम लिम्बू ‘लाजेहाङ’ लाई शहीद घोषणा गर्नुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।