नारायणी आँखा अस्पतालका कर्मचारीको करेन्ट लागेर मृत्यु  

काठमाडौँ । कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  जिल्लाको  कृष्णनगर नगरपालिका–८ बहादुरगंजस्थित नारायणी आँखा अस्पतालका कर्मचारीको मृत्यु भएको हो ।

आइतबार दाङ तुल्सिपुर घर भएका ३३ वर्षीय देवराज विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । काब्रोको रूखमा कोसा टिप्ने क्रममा विद्युतको तारले छुँदा उनलाई करेन्ट लागेको थियो ।

गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । विक सो अस्पतालमा ल्याव टेक्निसियन थिए ।