होलीमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटे

काठमाडौँ । होलीमा जथाभावी रङ दल्ने तथा हो( हल्ला गरेको आरोपमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो ।

गएराति छाडिएकामा १०२ पुरुष र तीन महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।

‘अवस्था हेरेर १०५ जनालाई गएराति उनीहरूको परिवारको जिम्मा लगाइएको छ । राति थप केही पक्राउ परेका छन्, उनीहरू सबैको हकमा छानबिन भइरहेको छ ’ उनले भने ।

होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले आइतबार उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागु गरेको थियो  ।