बनेपाको बाँसडोल थुम्कामा बस दुर्घटना, १२ जना घाइते   

काठमाडौँ  । बनेपाको बाँसडोल थुम्कामा बस दुर्घटना भएको छ । सोमबार बिहान साढे १० बजे बनेपा नगरपालिका१२ बाँसडोल थुम्कामा बा २ ख ९४५६ नम्बरको बस दुर्घटनामा परेको हो।

बाँसडोलबाट बनेपा तर्फ आउँदै गरेको बस अनियन्त्रित भई स्थानीय शिवप्रसाद ज्ञावलीको साढे दुई तल्ले पक्की घरको गेटमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि बसमा सवार  ३०जना मध्ये १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। घाइतेलाई शिरमेमोरीयल अस्पताल बनेपा पठाएको छ। दुर्घटनामा परेको बसका चालक पनि घाइते छन्।