भेटेरिनरी अस्पताल कार्यालयका तत्कालीन निमित्त प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । सर्लाही जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा.सुनिल कुमार यादवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

निमित्त कार्यालय प्रमुख यादव, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरी, चक्रघट्टा गाउँपालिका वडा नं.९ का तत्कालीन वडा अध्यक्ष श्रीराम ईश्वर ठाकुर लोहार र आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्र प्रसाद यादव, उपाध्यक्ष जय नारायण राय र व्यवस्थापक जय नन्दन राय यादवविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।

चक्रघट्टा गाउँपालिका वडा नं.९ गोइयाहीमा संचालित आम्रपाली बहुमुखी सहकारी संस्थालाई भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मंलगवा सर्लाहीबाट आव २०७५÷०७६ मा कृषि सेड निर्माणको लागि रकम उपलब्ध गराएकोमा उक्त रकम हिनामिना गरेको अख्तियारको दाबी छ।

सो सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन निमित्त कार्यालय प्रमुख डा.सुनिल कुमार यादवले कृषि सेड निर्माण सम्बन्धमा फिल्डमा भएको कार्यभन्दा बढी कार्यको मूल्याङ्‍कन गराई आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडले पेश गरेको नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदनको सत्यता जाँचबुझ नगरीरनगराई सोही प्रतिवेदन स्वीकृत गरी आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडलाई  ९ लाख ७७ हजार १६ रुपैयाँ ९४ पैसा बढी भुक्तानी दिई भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

उनीहरूविरुद्ध आज शेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।