नेपालगञ्जमा १७ वर्षीया एक छात्राले गरिन् आत्महत्या  

काठमाडौँ । नेपालगञ्जमा एक जना छात्राले आत्महत्या गरेकी छन्। नेपालगञ्ज हेल्थ क्याम्पसमा पढ्ने १७ वर्षीया निरजा थारुले रुखमा झुन्डिएर आत्महत्या गरेको बाँके प्रहरीले जनाएको छ।

बैजनाथ गाउँपालिका वडा नम्बर ८, टिटिहिरिया घर भएकी निरजा आदर्शनगरमा कोठा भाडामा बस्थिन्। आदर्शनगरको खेतमा रहेको रुखमा निरजा झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

बाँके प्रहरीले बिहान घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।