पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै  

काठमाडौँ ।  आज नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा  प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायतका विषयमा छलफल गर्ने एजेन्डा रहेको सापकोटाले बताए ।

बैठकमा काम गर्ने–नगर्ने नेताहरूको मूल्याङ्कन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची रहेको छ ।  साथै चैत–बैशाखमा सञ्चालन हुने अभियानबारे छलफल गरी नेताहरूको कार्यविभाजन हुने सापकोटाले बताए ।