पर्यटकलाई आकर्षित गर्ने भिडिओ बनाउँदा २० लाख जित्ने अवसर

 काठमाडौँ - पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका प्राकृतिक तथा सांस्कृतिक सम्पदा, भेषभूषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित भई भिडिओ बनाउनेलाई ुवि विल राइज फाउन्डेसनुले पुरस्कार दिने भएको छ ।

फाउन्डेसनले कुल १० विधामा २० लाख रुपैयाँ पुरस्कार राशिको राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ घोषणा गरेको हो । त्यसका लागि फाउन्डेसनले उत्कृष्ट भिडिओ तयार पारेर पठाउन आह्वान गरेको छ ।


भिडिओ पठाउनेहरूलाई ुबेस्ट भिडिओ अफ दि इयरु विधामा पाँच लाख, पब्लिक च्वाइस अवार्ड विधामा दुई लाख, वेस्ट डिरेक्टर, वुमन भिडिओ मेकर अफ दि इयर, फ्युचर स्टार अफ दि इयर, मस्ट पोटेन्सियल डेस्टिनेसन, मस्ट इनर्जेटिक भिडिओ मेकर, वेस्ट स्क्रिप्ट भ्वाइस ओभर, वेस्ट सिमेम्याटोग्राफर र बेस्ट एडिटर विधामा जनही एकरएक लाख रुपैयाँ पुरस्कार दिने बताइएको छ ।

इच्छुक व्यक्ति, संघसंस्था वा कम्पनी पनि यस प्रतियोगितामा सहभागी हुन पाउनेछन् । भिडिओ मोबाइलकै क्यामेराबाट बनाएको भएपनि हुने आयोजकको भनाइ छ । तर, भिडिओ भने एचडी क्वालिटीको हुनुपर्नेछ ।