त्रिभुवन विमानस्थलको आन्तरिकतर्फ नयाँ टर्मिनल भवन सञ्चालनमा

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ नयाँ आगमन टर्मिनल भवन सञ्चालनमा आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हिजो भैरहवाबाट काठमाडौँ अवतरण गरेका बुद्ध एयरका यात्रुलाई स्वागत गर्दै नयाँ टर्मिनल भवन उद्घाटन गरेका हुन् ।

आन्तरिकतर्फ टर्मिनलमा आगमन र प्रस्थान कक्ष एकै ठाउँमा हुँदा यात्रुको भीडभाड हुने समस्या थियो । अब छुट्टाछुट्टै भवनबाट सहज रूपमा सेवा शुरु भएको विमानस्थलले जनाएको छ ।

विभानस्थलका अनुसार पुरानो आगमन कक्षबाट विशिष्ट व्यक्तिलाई ओहोरदोहोर गराइने छ । नयाँ आगमन कक्षमार्फत् एक घण्टामा चार सय यात्रुले सेवा लिन सक्ने विमानस्थल कार्यालयले जनाएको छ ।