क्यानडा पठाइदिने भनी अन्तर्वार्ता लिइरहेको क्यानडेली नागरिकसहितको गिरोह पक्राउ

काठमाडौँ । क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग अन्तर्वार्ता लिइरहेको अवस्थामा पोखराबाट भारतीय मूलका क्यानडेली नागरिकसहितको गिरोह लाई नै प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं.१३ पाटनबेसी बस्ने ६५ वर्षीया पार्वती सुनार, पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुल बस्ने ३७ वर्षीया रीता सुनार, स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं.३ बस्ने ३२ वर्षीया सीमा सुनार र काठमाडौंको कलंकी बस्ने ३८ वर्षीय प्रदीप उपाध्याय रहेका कास्की प्रहरीले जनाएको छ ।

अन्तर्वार्तामा सामेल हुने व्यक्तिहरुसँग सुरुमै २ हजार रुपैयाँ असुल गरेको थियो भने अन्तर्वार्तापछि क्यानडा जान ३० लाख रुपैयाँ लाग्ने बताएको प्रहरीको भनाइ छ ।
पोखराकी पार्वती सुनारले मेरी छोरी क्यानडामा छ, सीधै क्यानडाको भिषा निकालिदिन्छ र राम्रो काममा लगाइदिन्छ भन्दै प्रलोभन देखाउने गरेको आरोप छ ।

पक्राउ परेकाहरुविरुद्ध ठगी मुद्दामा अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान थालिएको  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए ।