कोशीमा गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी

काठमाडौँ । कोशी प्रदेशबाट राष्ट्रिय सभामा सत्ता गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् । उनले नेकपा एमाले र राप्रपाका संयुक्त उम्मेदवार उद्धव पौडेललाई हराउँदै राष्ट्रियसभाको यात्रा पक्का गरेका हुन् ।

प्रदेशसभाको मतगणनामा राप्रपाका पौडेलसँग पछि परेका सिटौला स्थानीय तहतर्फको मत तानेर विजयी भएका हुन् । सिटौलाको पक्षमा स्थानीय तहतर्फको १५३ मतभार र पौडेलको पक्षमा १०९ मतभार परेको छ ।

प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ जनाको मत पाए । राप्रपाका पौडेलले ४७ मत पाए । सत्तारुढ गठबन्धनको प्रदेशसभामा ४७ मत भए पनि २ जनले सिटौलालाई मत दिएनन्। एक मत बदर भयो ।

स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे। राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे । स्थानीय तहतर्फ ४ मत बदर भएको छ । यसमा स्थानीय तहतर्फ एमालेका केही मतदाताको पनि मत सिटौलालाई गएको बताइएको छ ।