images

कोसीमा एमालेकी रुक्मिणी कोइराला विजयी

काठमाडौँ । कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपा एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन् । नेकपा माओवादी केन्द्रबाट सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै कोइराला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् ।

कोइरालाले ५ हजार ८६ मत प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाइन् ।

कार्की नेकपा माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार भएकी थिइन् । उता एमालेकी कोइरालालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सघाएको थियो ।

 

बिहीबार ११ माघ २०८० ०५:३४ PM मा प्रकाशित

प्रतिक्रिया