राष्ट्रिय सभाको निर्वाचन : मधेस प्रदेशमा सत्ता गठबन्धनका ढुंगाना र चौधरी विजयी  

काठमाडौँ ।  राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशतर्फका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

मधेसबाट नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी विजयी भएका हुन्।

विजयी कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाए। जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याइन्।

राष्ट्रिय सभाको निर्वाचनमा मधेसको १ सय ३६ पालिकाको सबै मत खसेको छ। प्रदेशसभाका १ सय ७ जना सांसदमध्ये १ सय ६ जनाले मतदान गरे।