एजेन्सी । भियतनामभर १२ लाखभन्दा बढी विद्यार्थी बिहीवारदेखि शुरु भएको राष्ट्रिय उच्च माध्यमिक विद्यालय स्नातक परीक्षामा सहभागी भएका छन् । भियतनाम समाचार एजेन्सीकाअनुसार यस परीक्षामा गणित र साहित्य गरी दुईवटा अनिवार्य विषयहरू समावेश गरिएका छन्। यसका साथै परीक्षार्थीहरूले भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, औद्योगिक प्रविधि, कृषि प्रविधि, सूचना प्रविधि, विदेशी भाषा, इतिहास, भूगोल, र अर्थशास्त्र तथा कानुनमध्येबाट कुनै