कसले जित्ला विश्वकप ?

  • शुक्रबार​ २९ जेठ २०८३ १०:०० AM
काठमाडौं : यस पटकको फिफा विश्वकप फुटबल कसले जित्ला ? अहिले विश्वभरका फुटबल समर्थकले चासोका साथ आफैलाई सबैभन्दा बढि सोध्ने प्रश्न हो, यो। किनकी प्रत्येक चार वर्षमा हुने विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता बिहीबार रातिबाट मेक्सिको, क्यानडा र अमेरिकामा एकसाथ सुरु भएको छ।विगतको तुलनामा प्रतियोगिताको आकार डेढ गुणा बढेको छ। ३२ बाट सहभागी टोलीको संख्या ४८ पुग्दा कतिपय प्रतिस्पर्धीको विषयमा धेरै समर्थकलाई जानकारी पनि नहुन सक्छ। फेरि फुटबल त्यस्तो खेल हो, जहाँ जस्तोसुकै साना टिमले पनि ९० मिनेटको प्रत