बजेट निर्माणमा जुटे कञ्चनपुरका पालिका

  • शुक्रबार​ २९ जेठ २०८३ ०२:५७ AM
महेन्द्रनगर । यहाँका स्थानीय पालिकाहरू आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक बजेट निर्माणको तयारीमा जुटेका छन् । सङ्घीय सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएसँगै कञ्चनपुरका नौवटा पालिकाले पनि वडास्तरबाट योजना छनोट गरी पालिकामा सङ्कलन गरिरहेका छन् । यहाँको शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले वडास्तरमा बजेटको सिलिङ पठाएर योजना छनोटको काम अन्तिम चरणमा पुगिसकेको बताए