काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका १३२ जना ऋणीको नामावली सार्वजनिक गरेको छ। जसमध्ये हाम्रो नयाँ कृषि सहकारीको १२ जना र कृषि विकास बहुउद्देश्यीय सहकारीका १२० जना ऋणीहरू छन्।समितिले २०८३ वैशाख २३ गतेको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरेको जनाएको छ। समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा साबिकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहर