पोखरामा ठुलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ

  • बिहीबार २८ जेठ २०८३ १२:०१ PM
काठमाडौँ । कास्की प्रहरीले पोखराबाट ठुलो परिमाणको प्रतिबन्धित लागुऔषध एलएसडीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार नाइजेरियाबाट हुलाकमार्फत लागुऔषध मगाइएको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो । सोही क्रममा पोखरा महानगरपालिका वडा नं. ७ स्थित हुलाक कार्यालय बाहिरबाट उक्त सामग्री बुझ्न आएका भारतीय नागरिकलाई नियन्त्रणमा