काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मलेसिया जान लागेका दुई जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।ह्यान्ड क्यारी (झोला)मा लुकाइ छिपाइ लाखौं पैसा लैजान खोज्ने मोहम्मद अलि र जाकिर हुसैनलाई बिहीबार पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ। उनीहरू बाटिका एयरको जहाजबाट मलेसियाको क्वाललमपुर जाँदै थिए। स्रोतका अनुसार मोहम्मद अली १० लाख नेपाली रुपैयाँसहित पक्राउ परेका थिए भने जाकिर हुसैन विभिन्न देशका मुद्रासहित पक्राउ परेका थिए। हुसैनसँग १२ लाख नेपाली रुपैयाँ, १ हजार अमेरिक