कृषिमन्त्री चौधरीको दावी : यो वर्ष मल अभाव हुँदैन

  • बिहीबार २८ जेठ २०८३ ०५:०१ PM
काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस बर्ष अहिलेसम्मकै बढी परिमाणमा किसानहरुलाई मल उपलव्ध गराइने बताएकी छिन् । बिहीबार राष्ट्रियसभा बैठकमा मन्त्री चौधरीले यस बर्ष मलको अभाव नहुने समेत दावी गरिन् ।चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५८ हजार ५२२ मेट्रिक टन मल आपूर्ति भइसकेको र ४ लाख ६८ हजार १६ मेट्रिक टन मल किसानलाई बिक्री बितरण गरिसकेको उनले बताइन् । उनले गोदाममा रहेको र नेपालमा भित्रिसकेर गोदाममा रेकर्ड राख्न बाँकी समेत गरी हाल १ लाख ३८ हजार ८ सय २ मेट्रिक टन मल मौज्दात रहेको