काठमाण्डु– संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विभिन्न उपसमिति गठन गरेको छ। बिहीबार बसेको समितिको बैठकले कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय एवं निकायको काम कारबाही अध्ययन एवं सहजीकरण गर्न विभिन्न उपसमिति गठन गरेको हो । बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयका कामकारबाही हेर्ने जिम्मेवारी डा. अमरेशकुमार सिंहलाई दिदैं उनको नेतृत्वमा ७ सदस्यीय उपसमिति गठन