नेपाली सेनाले उत्कृष्ट कार्यसम्पादन गरेका ३७ जना सैनिकलाई प्रधानसेनापति प्रशंसा निशान तथा कदरपत्र प्रदान गरेको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति महारथी अशोक राज सिग्देलले जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा उनीहरूलाई प्रधानसेनापति प्रशंसा निशान तथा कदरपत्र प्रदान गरेका हुन्। संवेदनशील तथा चुनौतीपूर्ण परिस्थितिमा संयमपूर्वक सही निर्णय गर्दै सैनिक मूल्य–मान्यता आत्मसात् गरी प्राप्त जिम्मेवारी