परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

  • बिहीबार २८ जेठ २०८३ ०१:०१ PM
 काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको आन्तरिक तयारी भइरहेको छ भने भ्रमणको मिति र विस्तृत तालिका छिट्टै सार्वजनिक गरिनेछ । खनालले गएको सातामात्रै भारतको तीनदिने औपचारिक भ्रमण गरेका थिए ।बुधबार मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा मन्त्री खनालले राष्ट्रिय हितका विषयमा सरकार, राजनीतिक दल, राज्यका निकाय तथा सञ्चार क्षेत्रबीच साझा धारणा आवश्यक रहेको बताए ।उनले विदेशस्थित नेपाली नियोगमा आवश्यकताअनुसार जनशक्ति र पूर्वा