रौतहट : नेपाल–भारत सीमाबाट रौतहट प्रहरीले अश्रुग्यास प्रहार गरेर ९० लाख बढीको अवैध फर्सीको बीउ बरामद गरेको छ । बरामद बीउ ३ सय २२ बोरामा १२ हजार ८ सय ८० किलोग्राम रहेको प्रहरीले जनाएको छ । बीउ नियन्त्रणमा लिने क्रममा ढुङ्गामुढा गर्ने क्रममा ६ जना सामान्य घाइते भएका छन् । बरामद सामग्री भारततर्फ अवैध रूपमा निकासी गर्न तयारी राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ साढे ७ बजे बौधीमाई नगरपालिका–७ स्थित बंकुल टोल क्षेत्