अमेरिका : डोनाल्ड ट्रम्प र बेन्जामिन नेतन्याहूको विश्वास थियो कि इरानमाथिको विजयले सम्पूर्ण मध्यपूर्वको राजनीतिक अवस्था बदलिदिनेछ । क्षेत्र परिवर्तन त हुँदैछ, तर उनीहरूले सोचेको दिशामा होइन । इस्लामिक गणतन्त्र इरान पराजित भएको छैन ।बरु अहिले लामो, थकाउने र निरन्तर संकटको खतरा बढेको छ, जुन कहिले प्रत्यक्ष युद्धमा परिणत हुन सक्छ भने कहिले फेरि तनावको अवस्थामै सीमित रहन सक्छ । इरानी शासनलाई ढाल्न ट्रम्प र नेतन्याहूले अनुमान गरेभन्दा धेरै कठिन साबित भएको छ । उनीहरूको मूल्याङ्कन गलत सावित भएको छ र अह