काठमाडौं : संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरणलाई अस्वीकार गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद र प्रधानमन्त्रीको पूर्वअभिव्यक्तिका सम्बन्धमा जवाफ दिएका थिए। गत जेठ १७ गते संसद् बैठकमा अचानक उपस्थित भई प्रधानमन्त्री शाहले ‘नेपालले भारतको पनि सीमा मिचेको’ भनी दिएको अभिव्यक्तिको चौतर्फी विरोध हुँदै आएको छ।&nbs