दुर्गा प्रसाईंलाई गैरकानुनीरूपमा नजरबन्दमा राखेको भन्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौँ - मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानुनीरूपमा नजरबन्दमा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरले प्रसाईंलाई गैरकानुनीरूपमा नदरबन्दमा राखेको भन्दै उक्त रिट दर्ता गरेका हुन् । 

भण्डारीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

मेडिकल व्यवसायी प्रसाईंले शुक्रबार तिनकुने केन्द्रित विरोध प्रदर्शन गर्ने घोषणा गरेका थिए। तर प्रहरीले तिनकुनेमा प्रसाईं समूहका समर्थकलाई पक्राउ गरेको थियो भने उनलाई भक्तपुरस्थित निवासमै नजरबन्दमा राखेको थियो।