काठमाडौंका एसएसपीसहित १५ जनाको सरुवा, को कहाँ पुगे ? 

काठमाडौँ - जिल्ला प्रहरी काठमाडौंका परिसरका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सरुवा भएका छन् । काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी भुपेन्द्र बहादुरर खत्री कर्णाली प्रदेश सरुवा भएका छन् । काठमाडौं जिज्ला परिसरमा भने दानबहादुर कार्की आएका छन् ।  शुक्रबार प्रकाशित सूचनाका अनुसार १५ जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको सरुवा तथा पदस्थापन भएको हो । गृह मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा भएको हो ।

बिहीबारबाटै लागू हुनेगरी सरुवा तथा पदस्थापन भएको हो। एसएसपी दिपक रेग्मी, गोपालचन्द्र भट्टराई, दानबहार कार्की, मनोज केसी, दिल्लीराज विष्ट, विनोद घिमिरेलगायत १५ जनाको सरुवा तथा पदस्थापना भएका छन  ।