मधेस प्रदेशका जिल्लामा भइरहेका साम्प्रदायिकप्रति घटना सरकार गम्भीर : गृहमन्त्री श्रेष्ठ

काठमाडाैं - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाही लगायतका मधेस प्रदेशका जिल्लामा भइरहेका साम्प्रदायिक घटना सरकार गम्भीर रहेको बताएका छन्।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा श्रेष्ठले बिभिन्न जिल्लामा भएको साम्प्रदायिक घटनाबारे सरकार गम्भीर रहेको र प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको बताएका हुन्।

बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुकमा त्यसमा आँच पुर्‍याउने काम भइरहको भन्दै उहाले यस बिषयमा सरकारले आवश्यक निर्णय गर्ने जानकारी दिए।

उनले धार्मिक संगठनको बैठक बोलाइएर संयुक्त वक्तव्य समेत निकालेको भन्दै बैचारिक र राजनीतिक वातावरण बनाएर समस्याका समाधान गर्न पनि सरकार प्रतिवद्धत रहेको बताए।

त्यस्तै उहाले सुन तस्करी लगाएतका भ्रष्टाचारका प्रकरणमा गहिराईमा पुगेर अनुसन्धान गर्न निर्देशन दिएको भन्दै सरकारले हस्तक्षेप नगर्ने बताए। गृहमन्त्री श्रेष्ठले असम्बन्धीत बिषयमा पनि समितिमा आफूलाई बोलाइएको भन्दै आक्रोश व्यक्त गरे।

त्यसअघि बैठकमा समिति सदस्यहरुले साम्प्रदायिक घटना, शान्ति सुरक्षाका साथै बिभिन्न प्रकरणको अनुसन्धानका बिषयमा सरकारको ध्यनाकर्षण गराएका थिए।

बैठकमा समिति सदस्य रवि लामिछानले साम्प्रदायिक घटना गराएर शान्ति सुरक्षा खलबलाउने षडयन्त्र भइरहेको बताउनुभयो । उहाले सुन तस्करी प्रकरणमा राज्यको अनुसन्धान अलमलिएको आभाष भएको बताए।