फेरि बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार  

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर १ लाख ५९ हजार ७०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुनको मूल्य तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको थियो ।  आज चाँदीको मूल्य भने घटेको छ।

अघिल्लो दिन तोलामा १ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज भने पाँच रुपैयाँले घटेर एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।