प्रतिनिधिसभामा एमाले सांसद सूर्य थापाले भने, ‘सरकार हरायो, खोजी गरी पाउँ’

काठमाण्डौँ - प्रतिनिधिसभाको आज (बिहीबार) को बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकार हरायो खोजी गरी पाउँ भन्दै नियमापत्ति जनाएको छ ।

बैठकमा सरकारको तर्फबाट कोही पनि मन्त्री उपस्थित नभएको भन्दै एमालेले आपत्ति जनाएको हो । पार्टीका तर्फबाट सांसद सूर्य थापाले मन्त्रीको उपस्थिति बिनै सदन चल्न नसक्ने बताएका छन् ।

‘सरकार हरायो, खोजी गरी पाउँ । मन्त्री वेगर सदन अघि बढ्न सक्दैन । प्रधानमन्त्रीसहित २५ मन्त्रीमध्ये एक जना पनि नदेखिनु सदनको अपमान र अन्याय हो’, उनले भने । त्यसपछि सभामुख देवराज घिमिरेले मन्त्रीको आगमन भएको भन्दै सदनको शून्य समयलाई अघि बढाएका छन् ।