प्रतिनिधिसभा बैठक आज बस्दै, सम्भावित कार्यसूचीहरु के-के छन् ?  

काठमाडौँ - संघीय संसद् अन्तर्गत‍ प्रतिनिधिसभाको बैठक बिहीबार बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजे बोलाइएको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोग नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७र७८ तथा सोह्रौँ प्रतिवेदन २०७८र७९ पेस गर्नेछन् ।