बाल सुधार गृहको घटनामा मानव अधिकार आयोगले अनुसन्धान गर्ने

काठमाण्डौँ - भक्तपुर बाल सुधार गृहको घटनामा राष्ट्रिय मानव अधिकारले आयोगले अनुसन्धान गर्ने भएको छ ।  
घटनाको अवलोकलन गरेपछि थप अनुसन्धान गर्ने निष्कर्षमा पुगेको बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले भनेको छ । 

भदौ ३ गते भक्तपुर बाल सुधार गृहमा बस्दै आएका १८ वर्षीय कमल बस्नेतको मृत्यु भएको थियो। उनका परिवारले त्यसलाई मृत्यु नभई हत्या भएको दाबी गरेका छन् ।

यही विषयलाई लिएर  सोमबार बाल सुधार गृहमा तोडफोड र नाराबाजी भएको थियो । जसमा त्यहाँ बस्ने बालबालिका भागेका थिए। त्यहाँ २९८ जना बालबालिका बस्छन् । तीमध्ये २५५ बालक तोडफोड गरेर भागेका हुन् । उनीहरूलाई भक्तपुर र काठमाडौंका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको थियो। चार दिन भइसक्दा पनि १० जना नियन्त्रणमा नआएको जानकारी आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।