कार्कीको निधनमा कांग्रेसले आज र भोलि पार्टी झण्डा आधा झुकाउने

 काठमाण्डौँ - नेपाली कांग्रेसले आज र भोलि भदौ ७ र ८ गते पार्टीको झण्डा आधा झुकाउने भएको छ । कांग्रेसका नेता डा। राजाराम कार्कीको निधनमा पार्टीको झण्डा झुकाउने निर्णय केन्द्रीय समितिको आकस्मिक बैठकले गरेको हो ।

बिहीबार बिहान बसेको बैठकले कार्कीको निधनमा शुक्रबार केन्द्रीय र जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
कार्कीको आज बिहीबा नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । ६६ वर्षका कार्कीको बुधबार निधन भएको थियो ।