जसपाले नयाँ विधानअनुरुप विभाग गठन गर्ने

काठमाडौँ - जनता समाजवादी पार्टी, जसपा नेपालले नयाँ विधानअनुरुप आफ्ना विभाग तथा सङ्गठनहरु गठन तथा पुनर्गठन गर्ने भएको छ ।
यही भदौ मसान्तभित्रै नयाँ विधानअनुरुप प्रदेश समिति र राष्ट्रिय समितिहरु गठन र पुनर्गठन गरिने भएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

उनले जिल्लारविशेष जिल्ला समन्वय समितिलाई पनि यथाशीघ्र विधानबमोजिम जिल्ला समितिमा रुपान्तरण वा पुनर्गठन गर्नुपर्ने भनी आन्तरिक परिपत्र जारी गरिएको छ र सोहीबमोजिम पार्टीले सङगठनको अभिलेख अद्यावधिक गर्न लागेको जानकारी दिए ।