संसदीय समिति सभापतिको निर्वाचन यही भदौ ११ गते हुने 

काठमाडौँ - संसदीय समिति सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बिहीबारको बैठकमा निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने कार्यक्रम छ ।

बिहीबार भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरूको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो ।

यसको निम्ति भदौ १० गतेदेखि नै प्रक्रिया हुने सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधि सभाका १० तथा प्रतिनिधि सभा र राष्ट्रिय सभाका संयुक्त २ गरी जम्मा १२ वटा समितिका सभापति पद चयन हुन भएका छैनन् । दलहरूबीच नेपाली कांग्रेसले ४, नेकपा एमाले ३, नेकपा माओवादी केन्द्र २, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी ले १र१ समितिको सभापति पाउने गरी सहमति भइसकेको छ।