दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको विमानमा १९ जना भएको खुलासा, घटनास्थलमा २ जनाको शव फेला

काठमाडौँ । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा १९ जना भएको खुलासा भएको छ । घटनास्थलबाट उद्धारकर्ताले दुई जनाको शव फेला पारेको विमानस्थल स्रोतले जनाएको छ ।

जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ ।

काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो । विमान करिब ११ बजेतिर दुर्घटना भएको हो ।

विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानमा १९ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।