८ दिनपछि सेयर बजारमा करेक्सन, २७.३२ अंकले घट्यो नेप्से 

 काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ८ दिनपछि करेक्सन आएको छ । निरन्तर बुल ट्रेन्डमा रहेको नेप्सेमा आज बुधबार करेक्सन आएको हो । आज नेप्सेमा २७.३२ अंकको गिरावट सहित करेक्सन आएको हो । 

सत्ता गठबन्धन फेरीएर एमाले–कांग्रेसको सरकार बन्ने हल्लापछि बढ्न थालेको नेप्से बीचमा सानो करेक्शन आएको थियो । आज  कारोबार भने १६ अर्बबढी भएको छ । आज होटल एण्ड टुरिजम र फाइनान्स समूहबाहेक अन्य ११ वटा समूह राताम्य भएको छ । आज फाइनान्स ३३.८१ अंकले बढेर २९३०.१७ विन्दुमा पुगेको छ भने होटल एण्ड टुरिजम ८.५९ अंकले बढेर ६६००.१७ बिन्दुमा पुगेको छ । 

आज नेप्सेमा आएको करेक्सनसँगै ११ वटा समूहमा पनि करेक्सन आएको छ । आज सबैभन्दा बढी उत्पादन समूह ९७.२३ अंकले घटेर ७७२८.८२ विन्दुमा पुगेको छ । बुधबार सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.१६ अंकले घटेर २१.०८ विन्दुमा पुगेको छ । 

आज सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स क्रमशः ६.२५, १.५८ र १.९७ अंकले घटेपनि कारोबार भने १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँ बराबरको भएको छ । आज ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता शेयर १ लाख ८८ हजार ८६५ पटक किनबेच हुँदा १९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज ३११ कम्पनीको शेयर कारोबार हुँदा ४६ वटा कम्पनीको शेयर मूल्य भने बढेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।