यी हुन सौर्य एअरलाइन्सको जहाजमा सवार १९ जना (नामसहित)

काठमाडौँ । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा दुर्घटनाग्रस्त सौर्य एअरलाइन्समा सवार १९ जनाको नामावली सार्वजनिक भएको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विमानमा सवार चालक दलका सदस्यसहित १९ जना नै एअरलाइन्सको कर्मचारी रहेको पाइएको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विमानमा क्याप्टेन मनिषरत्न शाक्य, को-पाइलट एस कटुवालसहित १७ जना थिए चालक बाहेक जहाजमा पुरुष १६ पुरुष र १ महिला रहेका कम्पनीले जनाएको छ । प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा  जहाज दुर्घटनामा परेको हो ।

परीक्षण उडानमा रहेकाले यो जहाजमा टिकट काटेका सर्वसाधारण यात्रु थिएनन्, एयरलाइन्सका कर्मचारीहरु मात्र  थिए ।

हेर्नुहोस् पुरा विवरण