साउदीमा गर्मीका कारण १ हजार ३०१ जनाको मृत्यु

एजेन्सी । हजका क्रममा १ हजार ३०१ जनाको मृत्यु भएको साउदी अरबले बताएको छ। जसमध्ये अधिकांश अनुमतिबिनै पैदल आएका हाजी रहेको बताइएको छ।

कहिलेकाहीँ ५० डिग्री कट्ने तातोमा लामो दुरीमा पैदल हिँड्दा उनीहरुको ज्यान गएको हो । मृतकमध्ये तीन चौथाइ अनुमति नलिई आएका र पर्याप्त आराम नलिई घाममै हिँडेको साउदी सरकारको भनाइ छ।

साउदीको मक्का सहरमा वार्षिक रुपमा लाग्ने तीर्थ यात्रा हो हज। सक्ने हरेक मुस्लिमले जिन्दगीमा एक पटक हज गर्नुपर्ने मान्यता छ। यस वर्ष १८ लाख मानिसले हज गरेका छन्। गर्मीमा हिँड्नुको जोखिमबारे चेतना जगाउने प्रयास गरिएको स्वास्थ्यमन्त्ती फहद अल जलाजेलले बताए।

स्वास्थ्यकर्मीहरुले बिरामी परेका झण्डै ५ लाखको उपचार गरेका थिए। जसमध्ये १ लाख ४० हजारसँग हजको अनुमति नभएको सरकारको भनाइ छ। हजलाई सुरक्षित बनाउन नसकेकोमा साउदी अरबको अलोचना हुने गरेको छ। यो वर्ष मक्कामा तापक्रम ५१।८ डिग्रीसम्म पुगेको थियो।

सबैभन्दा बढी इजिप्टका ६५८ को ज्यान गएको छ। त्यस्तै, इन्डोनेसियाका २०० र भारतका ९८ जनाको ज्यान गएको छ।